झापा: नेपाल र चीनबीचको टिपताला नाकासम्म नेपालतर्फबाट पनि गाडी पुगेका छन्। टिपताला नाका पाँच हजार एक सय मिटरको उचाइमा रहेको ताप्लेजुङ जिल्ला स्थित नेपाल र चीनको सीमाक्षेत्र हो। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा रहेको टिपताला नाकासम्मको सडक चौडा गरिएपछि मई १९शुक्रबार एक्स्काभेटर र ट्रयाक्टरनाकासम्म पुर्याइएको छ। चीनतर्फबाट भने पाँच वर्षअघि नै टिपताला नाकासम्म गाडी आउने गरेका थिए। फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले भने पहिले नाकाबाट बोकेर सामान ल्याइन्थ्यो। यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो । अब त गाडीमा ल्याउन पाइने भयो। त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस्। गत मार्चमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलासम्म गाडी पुगेपछि तमोर करिडोर आयोजनाले टिपताला नाकासम्मको २४ किलोमिटर सडक स्तरोन्नति (पहिरो हटाउने, सडक चौडा गर्ने) काम गरेको हो। सडक स्तरोन्नति गरिरहेको एलाइट जेभी कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेका अनुसार तमोरको किनार भएर टिपताला गाडी पुगेका हुन्।ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको २४ किलोमिटर सडक तीन करोड खर्चेर चार वर्ष अघि नै ट्र्याक खुलेको थियो। नाका बन्द हुनु (कोभिड)अघि तिब्बतको रिगुबाट गाडीमा ल्याएको खाद्यान्नलगायतका सामग्री टिपताला नाका झारिन्थ्यो। त्यसपछि भने चौँरी र भरियामार्फत बोकेर ओलाङचुङगोलासम्म ल्याएर स्थानीयले उपभोग गर्दथे। तर, अहिले गाडी टिपताला नाकासम्मै पुगे पनि नाका भने खुलेको छैन।अब चीनसँगको नाका खुलेपछि स्थानीयलाई सहज हुने फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। ‘पहिलो नाकाबाट बोकेर सामान ल्याइन्थ्यो। यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो,’ उनले भने , ‘अब त गाडीमा ल्याउन पाइने भयो। त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस्।’चीन र भारतसँग जोड्ने तमोर करिडोरअन्तर्गतको टिपताला नाका रणनीतिक महत्वको नाका हो। टिपतालाबाट विराटनगरस्थित रानी भन्सारको दूरी करिब दुई सय ९२ किलोमिटर छ।