शहरी विकास एवं आवास विभागकाका अधिकारीहरूद्वारा बजारहरूको निरीक्षण

IMG-20220808-WA0249.jpg

गान्तोक: राज्यका शहरी विकास एवम आवास विभागका सचिव एमटी शेर्पा लगायत विभागका मुख्य अभियन्ताको टोलीले रम्फू र सिङतामको निरीक्षण गरे। विशेष गरेर हर घर तिरङ्गा अभियानलाई लिएर सिङताम र रम्फूको सुन्दरीकरण गर्नको निम्ति निरीक्षण गरिएको जानकारी प्राप्त भएको छ। राज्य सरकारको निर्देश बमोजिम राज्यको शहरहरूलाई आजादीका अमृत महोत्सव अन्तर्गत राष्ट्रीय तिरङगा झण्डा लगाएर शहर सजाउने भएको छ। उक्त टोलीले रानीपुल, सिङताम,बागेखोला,माझीटार र रम्फू चेकपोटको निरीक्षण गरेको जानकारी गराएको छ। यस भन्दा अघि विभागका सचिवले स्माट्र सिटीका अधिकारीवर्ग,होटल एण्ड रेस्टुरेन्ट, ट्राभल्स एजेन्ट एसोसिएशन अफ् सिक्किम लगायत विभिन् संघ संस्थाका प्रतिनिहरूलाई लिएर गत 6 अगस्तको दिन बैठक आयोजना गरेको थियो। सोही प्रकारले टोलीले विभिन्न क्षेत्रका दोकानदारहरूलाई राष्ट्रीय झण्डा लगाउने आग्रह पनि गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *