नयाँ दिल्ली: मुम्बई इण्डियन्सलाई पाँचपल्ट च्याम्पियन बनाउने पूर्व कप्तान रोहित शर्माले आईपीएल-को टीभी प्रसारकहरूमाथि निजताको उल्लंघन गरेको आरोप लगाउँदै ‘एक्सक्लूसिभ’ र ‘भ्यूज’ – को लागि एक दिन प्रशंसकहरू, क्रिकेटरहरू र क्रिकेटबीचको विश्वास नै समाप्त हुने बताए। रोहितले उनी र कलकत्ता नाइट राइडर्सका सहायक प्रशिक्षक अभिषेक नायरबीच भएको बातचीतको भीडियो भायरल भएकोमा निराशा व्यक्त गरेका छन्। भीडियोमा उनलाई फ्रेञ्चाइजीसँग आफ्नो भविष्यबारे चर्चा गरिरहेको देखिएको छ। रोहितले एक्स (पूर्वमा ट्वीटर)-मा जारी पोस्टमा लेखेका छन्, मैले बारम्बार अनुरोध गर्दा पनि स्टार स्पोर्ट्सले मेरो बातचीत रेकर्ड मात्र नगरेर प्रसारित पनि गऱ्यो। यो निजताको उल्लंघन हो। क्रिकेटरहरूका जीवनमा यति धेर दखल भइरहेको छ कि क्यामेराले हरेक पाइलामा पीछा गर्छ। हामीले निजी रूपमा अभ्यास या म्याचको अवधि कसैसँग कुराकानी पनि गर्नु भएन। यसरी एक्सक्लूसिभ र भ्यूजमाथि मात्र ध्यान दिए एक दिन प्रशंसकहरू, क्रिकेट र क्रिकेटरहरूबीचको विश्वास नै समाप्त हुनेछ। त्यो बातचीत ११ मईमा मुम्बई इण्डियन्स र केकेआर-बीच आईपीएलको म्याचपछि भएको थियो। विवादपछि केकेआरको सोशल मीडिया टीमले त्यस भीडियोलाई हटाएको छ। त्यसपछि १७ मईमा रोहित लखनऊको टीम विरुद्ध म्याच अघि मुम्बई इण्डियन्सका आफ्ना पूर्व साथी धवल कुलकर्णीसँग कुराकानी गरिरहेका थिए। बातचीतको रेकर्डिंग भएको थाहा पाएपछि रोहितले त्यसलाई बन्द गर्ने अनुरोध गरेका थिए।