गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, हाम्रो देश भारतले एक समय रामकृष्ण परमहंस, वीर शिवाजी, महाराणा प्रताप, बंकिम चन्द्र चट्टोपाध्याय जस्ता हस्तीहरूलाई जन्म दिइरहेको थियो।
आज त्यही भारतले ममता ब्यानर्जी जस्ता नेताहरूका कारण शाहजहॉंहरूलाई जन्म दिइरहेको छ। उनले ममता ब्यानर्जीद्वारा रामकृष्ण मिशन जस्ता संस्थानहरूको निन्दा अत्यन्त दुर्भाग्यपूर्ण बताए।
मुख्यमन्त्री डा. सरमाले आइतवार पश्चिम बंगालमा चुनावी सभाहरूलाई सम्बोधित गर्दै उक्त कुरा भने। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो चुनाउमा ४०० सीट जित्न पश्चिम बंगालले आफ्नो योगदान दिउन् ताकि पाकिस्तान अधिकृत कश्मीरलाई भारतमा मिलाउन सकियोस्। यदि ४०० सीट नरेन्द्र मोदीले जितेको खण्डमा वाराणसीमा ज्ञानवापी मस्जिदको ठाउॅंमा जानवापी मन्दिर बनिने छ। मथुरामा कृष्ण जन्मभूमिमा बनेको मस्जिद भत्काएर फेरि त्यहॉं मन्दिर बनिने छ।
मुख्यमन्त्रीले भने, भारतलाई फेरि पुरानो भारतको रूपमा यसको गरिमा दिलाइने छ। भाजपाले ३०० सीट जितेर कश्मीरबाट धारा ३७० लाई हटायो, अयोध्यामा फेरि राम मन्दिर बनायो। अब ४०० सीट जितेर रहल कार्यहरू पूरा गर्नेछ। आफ्नो सम्बोधनमा उनले पश्चिम बंगाल तथा कांग्रेस शासित राज्यहरूमा जारी धार्मिक आरक्षणको पनि निन्दा गरे।