गोरुबथान(महेश्वर प्रधान): गोरुबथान सोमबारे बजारमा रहेको ट्रिनिटि इन्स्टिच्युटमा कोचिङ गरेका माध्यमिक र उच्च माध्यमिक परीक्षामा सफल हुने विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच सम्वर्द्धना गर्यो। वर्ष २०२० मा स्थापना भएको ट्रिनिटि कोचिङ सेन्टरमा अध्ययनरत नानीहरुले यस वर्ष सर्वोत्कृष्ट परिणाम निकालेको छ। माध्यमिक परीक्षामा गोरुबथान खण्डमा सर्वोच्च अंक ल्याउन सफल बनेका विद्यार्थी हुन प्रतिक सुब्बा। उनी यस वर्षको गोरुबथान ब्लक टपर पनि हुन्। उनले माध्यमिक परीक्षामा ८३.२८% ल्याएका छन्। यसै गरी स्पर्श सुब्बा (८१.२८%),निकिता लिम्बु (७०.१४%), प्रिया मुखिया (६९.७१%),प्रनुप राणा (६९.७१%), अदित्य राई(६०.५७%) ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएका छन्। उच्च माध्यमिक परीक्षाका विद्यार्थीगणलाई यस वर्ष ट्रिनिटि कोचिङ इन्स्टिच्यूटले चार महिनाको निशुल्क कोचिङ दिएको थियो।यस वर्ष उच्च माध्यमिक परीक्षामा निकिता लिम्बुले कला विभागबाट ९१.२% अंक लिएर कालिम्पोङ जिल्लामा नै दोस्रो टपर हुन सफल बनेकी छिन्। यसै गरी स्नेह सुब्बाले विज्ञान विभागबाट ७९.४% प्रियनसा छेत्री कला विभाग ७७.८ % , प्रियंका तामाङ कला विभाग ७३.६%, पारस राई कला विभाग ७१.२% , रुबिना राई कला विभाग ६४% , नेहा राई कला विभाग ६२.८% , अपेक्षा राई कला विभाग ६२.०८% अंक लिएर सफल बनेका छन्। यसरी सफल विद्यार्थीगणलाई आज कार्यक्रममा निम्त्याएर अतिथिको बाहुलीबाट खदा माला तथा स्मृति चिन्ह प्रदान गरे। सर्वोत्कृष्ट अंक लिएर उत्तीर्ण हुने दुइ विद्यार्थीलाई इन्स्टिच्यूटले सम्वर्द्धना पत्र पनि प्रदान गरेका थिए। ट्रिनिटि कोचिङ इन्स्टिच्यूटको तर्फबाट अतुल प्रधान, प्रकाश प्रधान, कपिल विश्व, महेश्वर प्रधान, सुरज प्रधान र सबिन सरको विशेष उपस्थिति रहेको थियो। सम्पुर्ण शिक्षकगणले विद्यार्थीगणलाई शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गरे। यस कार्यक्रममा यसरी आफुहरुलाई यस सफलताको निम्ति यसरी सम्मान दिएकोमा विद्यार्थीगणले पनि धन्यवाद टक्र्याउँदै कोचिङ इन्स्टिच्यूटप्रति आभार व्यक्त गरे।