सडक खोल्न पूर्वमन्त्री उत्रिए सडकमा

IMG-20240519-WA0232.jpg

गान्तोक: राज्यका पूर्व वन विभाग मन्त्री कर्मा लोडे भोटिया स्वयं सडकमा उत्रिएर सडक खोल्ने काम गरे। विशेष गरेर हिजो परेको अविरल वर्षाको कारण मंगन जिल्ला जाने राष्ट्रीय राजमार्ग रूख ढलेपछि बन्द भएको थियो। तर भोटियाले स्थानीयहरूको सहयोगमा बाटोमा ढलेको रूख काटेर हटाउँदै वाहनहरूको निम्ति यातायात सुचारूपमा सञ्चान गर्दै प्रशंसनी कार्य गरेको स्थानीयहरूले बताएका छन्। विशेष कामले छवाङ जाने क्रममा रूख ढलेर सडक बन्द भएको देखेपछि उनले वन विभागका अधिकारीहरूलाई यसबारेमा सूचित गरेका थिए। सूचना पाउनसाथ वन विभागका अधिकारी, स्थानीयहरूको सहयोगमा सडक खोल्ने कार्य शीघ्र भएकोमा उनले खुशी प्रकट गरेका छन्। यसरी समवन्धित विभागले यस विषयलाई गम्भीरतापूर्वक लिँदै शीघ्र सडक खोल्ने कार्य गरेकोमा उनले विभागका अधिकारी साथै स्थानीयहरूलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement