मुख्यमन्त्री तामाङले जनाए निति आयोगको बैठकमा सहभागिता

IMG-20220808-WA0250.jpg

गान्तोक: देशको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको सांस्कृतिक केन्द्रमा आयोजित नीति आयोगको बैठकमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सहभागिता जनाए। देशका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस बैठकमा सहभागिता जनाउन पाएकोमा खुशी प्रकट गरे। उनले जानकारी गराए अनुसर यस बैठकले संक्षिप्त रूपमा कृषि र ग्रामीण समाजलाई पुनर्स्थापना गर्न, जलवायु परिवर्तनको लचिलोपनको विकासमा राज्य सरकारको ध्यान केन्द्रित गरेको छ। विकास साझेदारहरूको विविधीकरण, सुशासनको संरचनालाई पुनर्गठन गर्ने, समृद्ध जैविक विविधताको वैज्ञानिक, सेवा क्षेत्रको पुनर्संरचना; कनेक्टिभिटी परियोजनाहरूलाई मजबुत बनाउनको निम्ति पहाडमा-विशेष संस्थाहरू स्थापना गर्ने आवश्यकतामाथि उनले जोर दिए।

“पहाडी राज्यमा जैविक खेती सिक्किमको दुर्लभ तुलनात्मक लाभ रहेको जानकारी गराए। हामीलाई प्रकृतिले दिएको र हामीले विरासतमा पाएको कृषि सम्पदाको पुँजी प्रयोग गरिरहेको अवगत गराए। हामी जैविक अभ्यासहरूलाई वैज्ञानिक र प्रकृतिसँग जोडेर सुदृढ गर्न चाहेको उनको भनाइ थियो।

जैविक खेतीको सन्दर्भमा बोल्दै मुख्यमन्त्रीले सिक्किमले भोग्नु गरेको प्रमुख चुनौती भनेको पर्याप्त स्तरको कृषि दक्षता र उत्पादकता सुनिश्चित गर्नु हो किनभने धेरै किसानहरू कम उत्पादनको कारणले जैविक खेतीलाई अपनाउन हिचकिचाइ रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *