प्रो. रमेश कुमार रावत एक्सिलेन्स इन लिडरशीप पुरस्कारले सम्मानित

IMG-20240519-WA0229.jpg

गान्तोक: राजस्थानको जयपुरमा आयोजित आइटीएसआर स्थापना पुरस्कार समारोहको अवसरमा सिक्किम प्रोफेसन यूनिभर्सिटीका प्रोफेसर रमेश कुमार रावतलाई एक्सिलेन्स इन लिडरशीप अवार्डले सम्मान जनाइयो। उक्त पुरस्कार इन्सटीट्युट अफ् टेक्निकल एण्ड साइन्स रिस्र्च र इन्सटीट्यूसन अफ् इञ्जिनियरद्वारा प्रदान गरिएको हो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा राजस्थान टेक्निकल यूनिभर्सिटीका प्रोफेसर उपकूलपति एसके सिंह रहेका थिए भने विशिष्ट अतिथिहरूमा प्रोफेसर आरएल रिना, डा. अरबिन्द अग्रवाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि प्रो. एसके सिंह तकनिकी क्षेत्रमा ठूलो आंकडा पार गर्नको निम्ति विश्लेषण मशिन लर्निंग र आर्टिफिसियल इन्टेलिजेन्सको परिवर्तनको बारेमा जानकारी दिए। सोही प्रकारले डा. प्रशान्त कुमार सबै पुरस्कार विजेताहरूलाई बधाई साथै शुभकामना दिँदै उनले आइटीएआरको काम, अनुसन्धान र अन्य विभिन्न संस्थाहरूको सहकार्यमा आइटीएआरले गरेको कामबारे सबैको ध्यान केन्द्रित गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement