गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत दक्षिण सिक्किमको सरस्वती विद्या निकेतन, मालबासेमा विद्यार्थीहरूलाई लिएर शनिवार क्विज प्रतियोगिता आयोजन गरियो। क्विज प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए। विद्यार्थीहरू उत्साहका साथ प्रतियोगितामा भाग लिए।
प्रतियोगितामा विद्यार्थीहरूलाई सोधिएका प्रश्न र उत्तरहरू विद्यार्थीहरूकै लागि संकलित गरेर राखिएको बताइएको छ। विद्यालयकी प्रधानाचार्य नर्मदा गुरूङले परिणाम घोषणा गर्दै विजयी विद्यार्थीहरूलाई बधाई दिइन्। उनले विद्यार्थीहरूको उज्जवल भविष्यको कामना गरिन्। विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो।