नाम्ची जिल्ला प्रशासनिक केन्द्र परिसरमा सरसफाई गरियो

IMG-20240519-WA0191.jpg

नाम्ची: नशामुक्त भारत अभियान र नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा हिजो जिल्ला प्रशासनिक केन्द्र परिसरमा सरसफाई अभियान सञ्चालन गरियो। यस अभियानको नेतृत्व नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेले गरेकी थिइन् भने उक्त अवसरमा पुलिस अधिक्षक डा. टीएन ग्याछो, अतिरिक्त जिल्लापाल अन्नत जैन लगायत विभिन्न विभागका प्रमुखहरूले पनि सहभागिता जनाएका थिए। जिल्लापाल आलेले विभिन्न विभागका प्रमुख साथै सदस्यहरूलाई महकुमा स्तरमा यस प्रकारको सरसफाई कार्यक्रम आयोजना गर्नुपर्ने आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement