राज्यपाल लक्ष्मण प्रसादले दिए सामूहिक विवाहका १०८ नव दम्पतिलाई आशिर्वाद

IMG-20240519-WA0192.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज छिमेकी राज्य पश्चिम बङ्गालको सालबारीमा एउटा सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा १०८ आदिवासी जोड़ीको सामूहिक विवाग गरियो। मुख्य अतिथिको रुपमा उपस्थित राज्यपाल लक्ष्मण प्रसाद आचार्यले नवदम्पतिलाई सफल वैवाहिका जीवनको शुभकामनाको साथमा आशिर्वाद दिए। यस सामूहिक विवाह कार्यक्रमको आयोजना वनवासी कल्याण आश्रम उत्तर बङ्गालले सालबारीस्थि आश्रम परिसरमा गरेको थियो।

सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउन राज्यपाल लक्ष्मण प्रसाद आचार्य सिक्किमकी प्रथम महिला श्रीमती कुमुद देवीको साथमा हिजै सिलगढ़ी पुगेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले आदिवासी समुदायको परम्परालाई संरक्षण गर्ने दिशामा वनवासी कल्याण आश्रमले गर्दै आएको पहलको सराहना गरे। यसको साथै स्वतन्त्रता सेनानी तथा जनजातिका गौरव बिरसा मुण्डाको पनि राज्यपालले आफ्नो सम्बोधनमा विशेष गरेर उल्लेख गरे। यसको साथै समाजद्वारा आयोजित यस १४औं सामूहिक विवाह कार्यक्रमका मुख्य यजमान समाज सेविका एवं उद्योगपति सुलोचना मानसी जाजोदियाको पनि मुग्धकण्ठले प्रशंसा गर्दै धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement