गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य वन तथा पर्यावरण विभागलाई वर्ष २०२३-२४ को लागि पर्यावरण शिक्षा कार्यक्रम कार्यान्वयनमा उत्कृष्टताको लागि उत्कृष्ट राज्यको रूपमा पुरस्कृत बनेकोमा बधाई दिएका छन्। उक्त पुरस्कार भारत सरकारको पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयद्वारा प्रदान गरिएको थियो।
मुख्यमन्त्री तामाङले आफ्नो फेसबुक पेजमार्फत बधाई दिॅंदै भनेका छन्, यो प्रतिष्ठित मान्यता हाम्रो राज्यभरि वातावरण सम्बन्धी जागरूकता र शिक्षालाई बढावा दिन अटल समर्पण, नवीन दृष्टिकोण र अथक प्रयासहरूको प्रमाण हो। विभागको अनुकरणीय कार्यले नागरिकहरूमाझ हाम्रो प्राकृतिक सम्पदाको बुझाइ र प्रशंसा मात्र बढाएको छैन तर दिगो र पर्यावरण-मैत्री पहलहरूमा अग्रणीको रूपमा सिक्किमको प्रतिष्ठामा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ।
उनले अझ भनेका छन्, यस उपलब्धिले वन तथा पर्यावरणका प्रत्येक सदस्यहरूका साथै सबै सरोकारवाहाहरूको सामूहिक प्रतिबद्धता र कडा परिश्रमलाई प्रतिबिम्बित गर्दछ। यो हामी सबैको लागि ठूलो गर्वको स्रोत हो र भावी पीढीका लागि पर्यावरण संरक्षण गर्ने हाम्रो साझा लक्ष्यमा प्रयास जारी राख्न प्रेरणा प्रदान गर्दछ। उनले पर्यावरणीय उत्कृष्टताको दिशामा अझ धेरै उपलब्धीहरूको निम्ति कामना गरेका छन्।