जुन महिनादेखि शुरू गरिएको विरूवा रोपन कार्यक्रमको समापन

photocollage_202288224735474.jpg

गान्तोक: सिक्किम ब्लूसमले हस्पिटल डाँडा ट्याक्सी ड्राइभर एशोसिएसन अनि जेएन रोड ट्याक्सी ड्राइभर एसोसिएशनको संयुक्त पहलमा गत जुन महिनादेखि शुरू गरेको विरूवा रोपन कार्यक्रमको आज समापन भएको छ। उक्त संस्थाले विशेष गरेर सडक किनारमा फल फूलको विरूवा रोप्ने कार्य गत जुन महिनादेखि शुरू गरेको थियो जुन आज समापन भएको छ। यस अभियानबारे बोल्दै सिक्किम ब्लूसमका सदस्यहरूले सिक्किम यसै पनि प्राकृतिक रूपले सम्पन्न हो भने अझ सुन्दरीकरण गर्ने उद्देश्य सहित सडक किनारमा फल फूलको विरूवा रोपेको जानकारी गराए। सुरुवाती रूपमा जेएन रोड परिसरमा विभिन्न चालक एसोसिएशनको सहयोगमा कार्य गरेको अनि धेरै अघि रोपिएका विरूवाहरुलाई स्याहार सुसार गरिने जानकारी गराए। यसको साथै सिक्किम ब्लूसमले विभिन्न संगठनहरुको सहयोगमा राज्यका चारै जिल्लाको सडक किनारमा फल फूलको विरूवा रोप्ने पनि जानकारी गराए। सोही प्रकारले पहिला रोपिएका विरूवाहरू बढेर जंगली जनावर अनि चराहरुको निम्ति आहार हुनसक्ने पनि बताए। यो अभियानमा संलग्न विभिन्न संगठनका सारथीहरुले सम्पूर्ण सिक्किमे जन समुदायलाई यस अभियानमा संग्लग्न हुने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *