दार्जिलिङमा सुरज गुरुङ र कृष्ण मुखियाले समाए हाम्रो पार्टीको झण्डा

IMG-20240519-WA0171.jpg

दार्जीलिङ: सुरज गुरूङ र कृष्ण मुखियाले समाए हाम्रो पार्टीको झण्डा। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर १७ निवासी सुरज गुरूङ र कृष्ण मुखियाले आज हाम्रो पार्टीको झण्डा समाएका छन्। शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा सुरज गुरूङ र कृष्ण मुखियाले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितादेखि प्रभावित भएर हाम्रो पार्टीमा सामेल भएको बताइएको छ। हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स, पार्टी केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री र पार्टी केन्द्रीय कार्यकर्ता भरत तामाङले यी दुई समर्थकहरूलाई खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाएका छन्। गत केही सप्ताह अघि मतदान भएको लोकसभा चुनावको अवधि सुरज गुरूङ र कृष्ण मुखियाले हाम्रो पार्टी समर्थित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चुनाव प्रचारमा धेरै खटेका थिए। तर चुनावको माहौल भएको कारणले गर्दा पार्टीमा सामेल हुने कार्य थाँतीमा रहेको थियो। आज स्थानीय पार्टी कार्यालयमा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको हातबाट पार्टीको झण्डा समाए अनि समस्त पहाडवासी लगायत तराई डुवर्स साथै सम्पूर्ण गोर्खा जातिको पक्षमा निष्पक्ष रूपमा काम गर्ने समर्थकहरूले प्रण लिएको हाम्रो पार्टीको पक्षबाट प्रेस विज्ञप्ति जारी गरी बताइएको छ। ।यसै क्रममा पार्टी अध्यक्ष अजय एडवाडर्सले समर्थकहरूलाई दार्जीलिङ पहाड लगायत तराई डुवर्स एंव समस्त गोर्खा जातिको हितमा मिलेर काम गरौ भन्ने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement