नेपाल आईडलको टप ८ मा पुगेका मोहित भुजेललाई जिताउन सांगीतिक कार्यक्रम सम्पन्न

IMG-20240519-WA0155.jpg

खरसाङ: नेपाल आईडलको मञ्चमा टप ८ मा पुग्न सफल खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी मोहित भुजेललाई जिताउन तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको आयोजना सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको छ। केही दिन अघि मात्र गठन गरिएको तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको आयोजनामा खरसाङ महकुमा अन्तर्गत घैयाबारीको सिलिम हिलस्थित हाटमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर सहयोग संकलन गरिएको छ। मोहित भुजेलको पक्षमा राखिएको उक्त सांगीतिक कार्यक्रममा तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको सभापति एंव गायक कर्म मोक्तान, सचिव बिपन विश्वकर्म, कोषाध्यक्ष केवल राई लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त सांगीतिक कार्यक्रममा सरस्वती तामाङ, नरेन तामाङ, अबिनाश खाती, सागर तामाङ, कमल दुराल, आशिष राई, संजोग तामाङ आदिले गीत प्रस्तुत गरेका थिए। नेपाल आईडलको टप ८ मा पुगेका मोहित भुजेललाई जिताउन सहयोगको लागि अपिल गर्दै अायोजित सांगीतिक कार्यक्रममा गायक गायिकाहरूले आफ्नो आफ्नो प्रस्तुति दिएका थिए। यस सांगीतिक कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टि स्तरीय मोहित भुजेल फ्यान क्लबको सभापति एंव गायक कर्म मोक्तानले मोहित भुजेललाई नेपाल आईडलको मञ्चमा जिताउन सबैलाई सहयोगको अपिल गरेका छन्। उनले अब हामी विभिन्न स्थानहरूमा मोहित भुजेलको पक्षमा सांगीतिक कार्यक्रमहरू आयोजना गरेर सहयोग संकलन गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement