दार्जीलिङ: नेपाली साहित्य सम्मेलनको सुधपा भवनमा रोमा शर्माकृत निबन्ध संग्रह ‘निरुक्त’ विधिवत सार्वजनिक गरियो। उक्त कार्यक्रम डा॰ चन्द्रकुमार राई नेसास अध्यक्षको प्रमुख आतिथ्य, साहित्यकार डा॰ वीणा हाङ्गखिमको प्रमुख आतिथ्य, कवि नगेन्द्र ‘गोर्खा‘, कवि के॰ बी॰ ‘गोर्खा‘, प्रा० प्रज्वल लामा साथै अन्य अतिथिगणको विशिष्ट आतिथ्यमा सम्पन्न गरियो। कमल रेग्मीद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा अतिथिगणको बाहुलीबाट दीप प्रज्वलन गरेपछि पत्रकार सबिता संकल्पद्वारा स्वागत सम्भाषण प्रस्तुत गरियो। कार्यक्रमलाई काव्यमा तुल्याउँदै कविहरु क्रमैले कविहरु नगेन्द्र ‘गोर्खा‘, के० बी० ‘गोर्खा‘, सिमरन शर्मा, संजोक खवास, छोतेन शेर्पा, बासु छेत्रीले कविता, गजल, रूबाई वाचन प्रस्तुत गरे। लेखिकाको परिचयलाई शिक्षक विमल कुमार लामाले राखेपछि उपस्थित अतिथिको बाहुलीबाट पुस्तक विमोचन गरियो। स्रष्टाप्रति बधाई अभिनन्दन गरेपछि लेखिका रोमा शर्माले आफ्नो मन्तव्य राखे। साहित्यकार दलसिंह ‘अकेला‘ले लोकार्पित पुस्तकमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेपछि प्रमुख अतिथि डा० वीणा हाङ्गखिमद्वारा वक्तव्यराखेपछि अध्यक्ष डा० सी० के० राईद्वारा अध्यक्षीय सम्बोधन राखेपछि धन्यवाद ज्ञापन एवं कार्यक्रम समापनको घोषणा मणि राई ‘धुन‘ द्वारा गरियो।