ब्यांकक: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले थाईल्याण्ड ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टमा असाधारण प्रदर्शन गर्दै पुरुष युगलको खिताब जित्यो। यसरी भारतीय जोड़ीले यस साल हुने पेरिस ओलम्पिकको तयारीहरूलाई पनि पोख्त गऱ्यो। सात्विक-चिरागको विश्वको तेस्रो नम्बरको जोड़ीले आइतवार खेलिएको फाइनलमा चीनका लियू यि र चेन बो यांगको २९औं ऱ्याङकिंग भएको जोड़ीलाई २१-१५, २१-१५-ले पराजित गऱ्यो। एशियन गेम्समा च्याम्पियन भारतीय जोड़ीको यो सीजनको दोस्रो अनि समग्रमा करियरको नवौं बीडब्ल्यूएफ वर्ल्ड टूर खिताब हो। उनीहरूले मार्चमा फ्रेञ्च ओपन सुपर ७५०-को खिताब जितेका थिए। यसरी सात्विक र चिरागको जोड़ी मलेशिया ओपन सुपर १००० र इण्डियन ओपन सुपर ७५० टुर्नामेण्टमा उपविजेता रहेको थियो। अल ईंग्ल्याण्ड च्याम्पियनशीपमा चाहिँ यी दुई दोस्रो राउण्डमा बाहिर भएका थिए। त्यसपछि सात्विकको चोटले गर्दा यस जोड़ीले एशियन च्याम्पियनशीपमा हिस्सा लिन सकेन अनि थोमस कपमा पनि यस जोड़ीले असल प्रदर्शन गर्न सकेको थिएन। आइतवार खिताब जितेपछि चिरागले भने, ब्यांकक हाम्रो निम्ति खास छ। हामीले २०१९-मा यहाँ पहिलोपल्ट सुपर सीरीज र पछिबाट थोमस कप जितेका थियौं। चीनको जोड़ी एक गेम पनि नगुमाइ फाइनलमा पुगेको थियो तर भारतीय जोड़ी समक्ष उनीहरूको कुनै शीप चलेन।