सिलगढी: आज दार्जिलिङ जिल्ला चेस एसोसिएसनद्वारा सिलगढीको डोनबोस्को टर्न नजिकैको एक निजी विद्यालयमा ३८औँ चेस च्याम्पियनसिपको आयोजना गरियाे।उक्त चेस च्याम्पियनसिपमा कुल २०० खिलाड़िहरुले भाग लिएक। यस च्याम्पियनसिपमा अंडर ७, अंडर ९, अंडर ११, अंडर १३, अंडर १५ र खुला विभागका खेलहरु आयोजना गरिएको थियाे।
प्रत्येक समूहका विजेता र उपविजेताले यस च्याम्पियनसिपमा दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्। यस सम्बन्धमा दार्जिलिङ जिल्ला चेस संघका सचिव बबलू तालुकदारले प्रत्येक वर्ष दार्जिलिङ जिल्ला चेस च्याम्पियनसिप आयोजना गर्न पाउँदा खुसी लागेको बताए।










