फाँसीदेवा: सिलगढ़ी महकमा अन्तर्गत फाँसीदेवा थानाको पुलिसले बाइक चोरीको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम इजारूल हक हो जो चोपड़ा निवासी हो।
सूत्र अनुसार फाँसीदेवा क्षेत्रमा भएको बाइक चोरीको सिकायतको जाँच गरिरहेको फाँसीदेवा थानाको पुलिसले गुप्त सूचनामा उत्तर दिनाजपुर जिल्लाको चोपड़ा क्षेत्रमा गए शनिवार राती छापामारी गऱ्यो। छापामारी अवधि इजारूल हकलाई शंकाको आधारमा पक्राउ गरियो।
इजारूलसित जाँचबुझ गरेपछि पुलिसले आरोपीको कब्जाबाट दुईवटा बाइक जफत गऱ्यो। त्यसपछि उसलाई बाइक चोरीको आरोपमा पुलिसले पक्राउ गऱ्यो। फाँसीदेवा थानाको पुलिसले बतायो, आरोपीलाई आइतवार सिलगढ़ी सब-डिभीजनल कोर्टमा पेश गरी रिमाण्डमा लिइऩेछ।