नक्सलबारीमा एक महिलाको अस्वाभाविक माैत

IMG-20240519-WA0142.jpg

नक्सलबारी: नक्सलबाड़ीको विजयनगर चिया बगान क्षेत्रमा आइतवार एकजना महिलाको शव फेला परेपछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। मृत महिलाको पहिचान विजयनगर चिया बगानकी फिली केरकेट्टा (४४)- को रूपमा भएको छ।

स्थानीय मानिसहरूले आइतवार अपरान्ह विजनगर चिया बगान क्षेत्रस्थित एक मैदानमा महिलाको शवलाई देखे। त्यसपछि हतार-हतार नक्लसबाड़ी थानाको पुलिसलाई सूचित गरे। सूचना पाएर नक्लसबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्न उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। यो हत्या हो वा आत्महत्या वा त अस्वाभाविक मृत्यु हो, पत्तो लगाउन नक्सलबाड़ी थानाको पुलिस जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement