कालाबाडी वनमा ३५ वटा हात्तीको बथान, अवस्था नियाल्दै वनकर्मी

IMG-20240519-WA0154.jpg

नक्सलबारी: नक्सलबारीको कालाबाडी जङ्गलबाट निस्किएको ३५ वटा हात्तीको बथानले केही दिनदेखि बस्ती क्षेत्रमा विनाश गरिरहेको छ। पानीघाटा वन विभागअन्तर्गतको कालाबाडी जंगलमा धेरै दिनदेखि हात्तीको याे बथान रहेको बताइएको छ।

गत २ दिनअघि नक्सलबारीको झापुजोतस्थित एउटा घरमा हात्तीको यस बथानले तांडव मच्चाए पछि निर्पानी क्षेत्रमा प्रवेश गरेका बताएकाे छ। शनिबार बथानले केस्टपुरमा प्रवेश गरेर उत्पात मच्चाए। अरु कुनै क्षति नहोस् भनेेर पानिघाटा रेन्जका वन अधिकारीहरूले हात्तीको आवतजावतमा निगरानी शुरू गरेकाे छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement