बिहेको सपना देखाएर युवतीसँग शारीरिक सम्बन्ध बनाउने युवक पक्राउ

Capture-10.jpg

सिलगढी: बिहेको सपना देखाएर युवतीसँग शारीरिक सम्बन्ध बनाउने एक युवकलाई भक्तिनगर पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका युवकको नाम अर्पण चन्द हो। उनी फलकाटाका बासिन्दा हुन्।

प्राप्त जानकारी अनुसार कामको सिलसिलामा सिलगढी बसने पूर्वी मेदिनीपुरकी एक युवतीकाे केही समयअघि कामको क्रममा अर्पण चन्दसँग भेट भएको थियो। केही समयमै भेटघाट प्रेममा परिणत भयो। अर्पणले आफूलाई विवाहको सपना देखाएर शारीरिक सम्बन्ध राखेपनि पछि विवाह गर्न अस्वीकार गरेको युवतीले आरोप लगाएकी छिन्।

त्यसपछि युवतीले अर्पणविरुद्ध भक्तिनगर पुलिस चौकीमा लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा अनुसन्धान गरिरहेको भक्तिनगर थानाले शनिबार राति अर्पणलाई पक्राउ गरे। आज आरोपी युवकलाई जलपाईगुडी अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement