गान्तोक: पश्चिम बंगाल र छिमेकी राज्यका भूतपूर्व सैनिकहरूका लागि एक मेगा असम राइफल्स पूर्व सैनिक र्याली १८ मई, २०२४ मा पश्चिम बंगालको कालेबुङमा असम राइफल्सको मुख्यालय निर्देशालयको नेतृत्वमा आयोजित गरिएको थियो। र्यालीमा वीरता पुरस्कार विजेता, वीर नारी, विधवा र उनीहरूका आश्रित सहित राज्यका सबै जिल्लाका पाँच सयभन्दा बढी भूतपूर्व सैनिकहरूको सहभागिता रहेको थियो।

‘हामीलाई सेवा गर्नेहरूको सेवा’ भन्ने नाराका साथ आयोजना गरिएको र्यालीको उद्देश्य दिग्गजहरूसँग जोड्ने, उनीहरूसँगको सम्बन्धलाई सशक्त बनाउने र उनीहरूले जीवनकालमा देशका लागि गरेको योगदानको कदर गर्ने थियो। कार्यक्रममा लेफ्टिनेन्ट जेनरल पी सी नायर, पीभीएसएम, एभीएसएम, वाईएसएम, पीएचडी, डीजी असम राइफल्स प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

यस अवसरमा बोल्दै महानिर्देशक असम राइल्सले पूर्वोत्तर र देशको सुरक्षा तथा समृद्धि सुनिश्चित गर्न ठूलो योगदान पुर्याउने दिग्गज र सेवारत् सैनिकहरूको योगदानको प्रशंसा गरे। दिग्गजहरूलाई भर्ती र्याली, असम राइफल्समा भर्तीका लागि खेलकुद कोटा, विभिन्न शैक्षिक संस्थान/ होस्टलहरूमा आरक्षण, आयुष्मान भारत र असम राइफल्सका दिग्गजहरूलाई पूर्व-सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) को विस्तारसहित विभिन्न लाभार्थी योजनाहरूको बारेमा जानकारी दिइएको थियो। \

महानिर्देशकले प्रत्येक एकाइ स्तरमा पूर्व-सैनिक (ईएसएम) सेलको अवधारणा, वीर नारी र असक्षम दिग्गजहरूलाई अपनाउने तथा आउटरिच कार्यक्रमको बारेमा पनि प्रकाश पारे जसको एक भागको रूपमा असम राइफल्सले वीर नारी र भारतभरिका दिग्गजहरूलाई पहुँच गरिरहेको छ।

कार्यक्रमको एक भागको रूपमा एक अभिनन्दन समारोह आयोजना गरिएको थियो जसमा असम राइफल्सका महानिर्देशकले वीर नारी, वीरता पुरस्कार विजेता र अन्य पूर्व-सैनिकहरूलाई सम्मान गरे। मुख्यालय महानिर्देशक असम राइफल्स शिलङका प्रतिनिधिहरूले पनि गुनासो दर्ता र समाधानको लागि एक मञ्च प्रदान गरे।

छनोट भएका दिग्गजहरूलाई कार्यक्रम स्थलमा ह्वील चेयर र अन्य सहयोगी उपकरणहरू प्रदान गरिएको थियो। पूर्व सैनिक गुनासो कक्ष, एसबीआई ब्यांकको नेत्र जाँच शिविर र हेल्प डेस्क पनि पूर्व सैनिकहरूको र्यालीको एक भागको रूपमा स्थापना गरिएको थियो। कार्यक्रमपछि सबै सहभागीलाई दिवाभोजको व्यवस्था गरिएको थियो। पूर्व-सैनिकहरूले कार्यक्रम आयोजना गरेकोमा असम राइफल्सका महानिर्देशकलाई हार्दिक धन्यवाद व्यक्त गरे। -पीआईबी
