मुम्बई: बलिउड अभिनेता रणवीर कपूर र नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ। फिल्ममा रणवीर राम र अभिनेत्री साई पल्लवी सीता चरित्रमा देखिँदैछन्। फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिँदैछन्। यो फिल्मलाई लिएर अभिनेता यशको बारेमा एउटा नयाँ खबर सार्वजनिक भएको छ। फिल्ममा रावण चत्रिका लागि यशले वास्तविक सुनको पहिरन लगाउने भएका छन्। रावणले सुनको लंकमा राज गरेका थिए। त्यहीकारण फिल्ममा यशको पहिरन पनि सक्कली सुनको तया पारिँदैछ। लंकामा रावणको राज्य रहँदा लंकालाई सुनका पनि राजधानी भनिएकाले यशको पहिरन पनि सुनको बनाउन लागिएको निर्माण पक्षले जनाएको छ। फिल्ममा यश सह–निर्माता छन् । उनले फिल्मको मुनाफाको २० देखि ३० प्रतिशत पाउँदैछन्। फिल्मको बजेट सय मिलियन अमेरिकी डलर छ।