झापा: उदयपुरको रौतामाई गाउँपालिका ७ सिम्लेमा हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ बर्षीय चन्द्री तामाङको मृत्यु भएको छ। मई १९ शनिबार राती साढे १ बजे आफ्नै घरमा सुतीरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमानै मृत्यु भएको थियो। घटनाको जानकारी पाए लगत्तै जिल्ला पुलिस कार्यालय उदयपुरबाट पुलिस टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।