झापा: नेपाल अटो मेकानिक्स व्यवसायी संघ दमकको अध्यक्षमा पुनः चिन्तामणी तिम्सिना चुनिएका छन। अटो मोकानिक्ससँग सम्बन्धित व्यवसायमा लामो समयको अनुभव सम्हालेका तिम्सिनाको अध्यक्षतामा संघको दमक नगर कमिटी पुनर्गठन गरिएको हो। दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित व्यवसायीहरुको भेलाले साविकको नगर कमिटीलाई संशोधन गर्दै जिम्मेवारी हेरफेर गरेको हो। नगर कमिटीको उपाध्यक्षमा दिनेश थापा, सचिवमा तारा श्रेष्ठ, सहसचिवमा विशाल अधिकारी र कोषाध्यक्षमा पुष्प पाण्डे चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा प्रेम आचार्य, पूर्ण सम्राट राई, जमुना तामाङ, गोपाल अधिकारी, किशोर दंगाल र जुबेर आलम रहेका छन्। वरिष्ठ सल्लाहकारहरुमा सुमन सेढाइँ, दुर्गा गौतम र हरि अधिकारी चुनिएका छन्। व्यवसायीहरुले अटो मेकानिक्स व्यवसायलाई विश्वसनिय, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक कदम चाल्ने निधो पनि गरेका छन्। उनीहरुले यो व्यवसायका नाममा आम सर्वसाधारणहरु ठगिनु नपरोस भन्ने उद्धेश्यसहित केही कार्य योजनाहरु समेत ल्याइने बताएका छन्।