झापा: काठमाडौं उपत्यकामा चोरी गर्ने पेसेवर गिरोहलाई पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्ने रामेछाप दोरम्बा गापा–४, गौसराका ३७ वर्षीय कमल थापामगर र ३५ वर्षीय धनलाल थापामगर रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको पुलिस टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले गत अप्रिल २१मा ललितपुर मनपा–२१, खोकनाका नवराज गुरुङको घरबाट सुनका विभिन्न गहना चोरी गरी फरार भएका थिए। पक्राउमध्ये कमललाई पुलिसले रामेछापको दोरम्बा र धनलाललाई भैँसेपाटीबाट पक्राउ गरेको हो। उनीहरूले गुरुङको घरबाट सुनको सिक्री, क्रिस्टल, रानीहार, पेन्डल, चन्द्रहार, लकेट, पाँचगेडी, चन्द्रमा, तिलहरी, झुम्का, टपलगायत सामग्री चोरी गरेका थिए।