झापा: पुलिस जवान युवराज घिमिरेको हत्या आशङ्कामा पुलिसले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको छ ।लागुऔषध प्रयोगकर्ताले उनको हत्या गरेको हुन सक्ने पुलिसको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ला पुलिस परिसर काठमाडौँका एसएसपी वसन्त रजाैरेले बताए।ट्राफिक पुलिस प्रभाग, दरबारमार्गमा कार्यरत पुलिस जवान घिमिरेको शव मई १७ शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो।खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो। स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेला परेको थियो।