बेंगलुरु: आईपीएल २०२४-अन्तर्गत एम चिन्नास्वामी स्टेडियममा खेलिएको म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध खेल्दै दुईवटा असाधारण उपलब्धि हासिल गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो, जुन यस सीजनमा टीमको २०० भन्दा अधिकको छैटौं स्कोर हो। एउटा सीजनमा सर्वाधिकपल्ट २०० भन्दा अधिकको स्कोर गर्ने मामिलामा आरसीबी-ले मुम्बई इण्डियन्स (२०२३-मा ६ पल्ट) अनि कलकत्ता नाइट राइडर्स (२०२४-मा ६ पल्ट)-को बराबरी गऱ्यो। म्याचमा आरसीबी-ले जम्मा १६ वटा छक्का लगायो, जसले यस सीजनमा टीमले लगाएको छक्काको संख्या १५७ पुग्यो। यसरी आरसीबी कुनै पनि टी२० टुर्नामेण्टको एउटा संस्करणमा १५० भन्दा अधिक छक्का लगाउने पहिलो टीम बन्यो। यस मामिलामा आरसीबी-लाई सनराइजर्स हैदराबादबाट कड़ा चुनौती प्राप्त भइरहेको छ। प्लेअफ्-मा स्थान बनाइसकेको सनराइजर्सले यस सीजनमा १४६ वटा छक्का लगाइसकेको छ अनि यस आँकड़ामा अझ बढ़ोत्तरी हुने तय छ।
सीएसके विरुद्ध म्याच आरसीबी-का पूर्व कप्तान विराट कोहलीको निम्ति पनि खास रह्यो। उनले ४७ रन बनाएर यस सीजनमा आफ्नो रन संख्यालाई ७०८ पुऱ्याए। उनी यस सीजनमा ओरेञ्ज क्यापको प्रबल दावेदार बनेका छन्। आईपीएल इतिहासमा अहिले क्रिस गेलसँग कोहली दुई सीजनमा ७०० भन्दा अधिक रन बनाउने क्रिकेटर हुन्। यसबाहेक कोहली सीजनमा सर्वाधिक ३७ वटा छक्का लगाउने क्रिकेटर बनेका छन्।