लगातार छैटौं जीतको साथ प्लेअफ्-मा पुग्यो आरसीबी

IMG-20240519-WA0119.jpg

बेंगलुरु: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले शनिवार राति खेलिएको महत्त्वपूर्ण म्याचमा चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध २७ रनले जीतको साथ आईपीएल २०२४-को प्लेअफ्-मा स्थान बनायो। एक समय लगातार ६ वटा हारको साथ आईपीएल पोइण्ट्स टेबलको फेदमा पुग्ने आरसीबी-ले पछिबाट असाधारण पुनरागमन गर्दै लगातार ६ वटा म्याच जितेर प्लेअफ्-को टिकट हासिल गऱ्यो। आरसीबी १४ वटा म्याचमा १४ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा चौथो स्थानमा रह्यो। यसरी सीएसके-ले १४ पोइण्ट्सको साथ आईपीएलको यस सीजनमा अभियान समाप्त गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै आरसीबी-ले ५ विकेटमा २१८ रन बनाएपछि प्लेअफ्-मा स्थान बनाउन सीएसके-को टीमलाई २०० रनभित्र रोक्नु थियो। आरसीबी-का बलरहरूले असाधारण बलिंग गर्दा सीएसके-ले ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो। म्याच जितेर अन्तिम चार चरणमा पुगेरपछि आरसीबी-का कप्तान फाफ डू प्लेसिसलाई खुशी देखियो अनि उनले आफ्नो प्लेयर अव् द म्याचको पुरस्कार टीमका पेस बलर यश दयाललाई समर्पित गरे। डू प्लेसिसले भने, म प्लेयर अव् द म्याच (पुरस्कार) यश दयाललाई समर्पित गर्छु। यस्ता एकजना व्यक्तिको निम्ति जो यसको असली हकदार हुन्। यहाँ तेज गति सबैभन्दा असल विकल्प थियो। अन्तिम ओभर अघि मैले उनलाई आफ्नो कौशलमाथि भरोसा राख्ने अनि आनन्द लिनु भनेको थिएँ कारण उनीहरूले यसैको प्रशिक्षण लिएका हुन्छन्। पहिलो बलमा यर्कर काम लागेन। उनी तेजीको साथ रनअप्-मा फर्किए अनि अविश्वसनीय काम गरे। म्याचमा निरन्तर समर्थन गर्ने दर्शकहरूलाई धन्यवाद। सबैभन्दा महत्त्वपूर्ण कुरा खेलको आनन्द लिनु हो। आईपीएलमा अब हाम्रो लक्ष्य नक्आउटमा पुग्ने रहेको छ।
म्याचको कुरा गर्दा एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ५ विकेट गुमाएर २१८ रनको विशाल स्कोर बनायो। कप्तान फाफ डू प्लेसिसले सर्वाधिक ५४ रन बनाए। उनले ३९ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। यसरी विराट कोहलीले २९ बल खेलेर ४ वटा छक्का र ३ वटा चौकाको साथ ४७ रन बनाए। डू प्लेसिस र कोहलीले पहिलो विकेटको निम्ति ५८ बलमा ७८ रनको पार्टनरशीप गरे। यी दुईको विकेट पतन भएपछि रजत पाटिदारले क्यामरन ग्रीनसँग मिलेर तेस्रो विकेटको निम्ति तेजीको साथ ७१ रनको पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। पाटिदारले ४ वटा छक्का र २ वटा चौकाको साथ २३ बलमा ४१ रन बनाए जबकि ग्रीनले ३ वटा छक्का र ३ वटा चौकाको साथ १७ बलमा अविजित ३८ रन बनाए। अन्तिम ओभरहरूमा दिनेश कार्तिक (१४) र ग्लेन म्याक्सवेल (१६)-ले पनि तेजीको साथ रन बनाए। चेन्नईका बलरहरूमा शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए। जवाफमा सीएसके-लाई म्याच जित्न २१९ रन भन्दा पनि प्लेअफ्-मा पुग्न कम्तीमा २०० रन बनाउनु जरूरी थियो तर टीमले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो। कप्तान रुतुराज गायकवाड़ ईनिंग्सको पहिलो बलमै आउट भएपछि रचिन रविन्द्रले अर्द्धशतक बनाएर लड़ाइँ जारी राखे। रचिनले ३७ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ ६१ रन बनाए। यसबीच सीएसके-बाट डेरिल मिचेल (४) र शिवम दुबे (७) फ्लप साबित भए। यसरी अजिंक्य रहाणेले ३३ रन बनाए। अन्तिम ओभरहरूमा रविन्द्र जडेजा र एमएस धोनीले मिलेर प्रयास गरे पनि आरसीबी-लाई म्याच जितेर प्लेअफ्-मा पुग्नदेखि रोक्न सकेनन्। जडेजाले २२ बलमा ३ वटा छक्का र ३ वटा चौकाको साथ अविजित ४२ रन बनाए। यसरी धोनीले १३ बलमा २५ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement