दुबई उड्ने तयारीमा रहेका युवाको विभत्स हत्या

IMG-20240519-WA0065.jpg

झापा: सुनसरीको इटहरी उपमहानगरपालिका– ७ निवासी एक युवाको विभत्स ढंगले हत्या भएको छ। शनिबार साँझ २९ बर्षीय भीम भनेर चिनिने रामकुमार पण्डितको बिभत्स ढंगले खुकरी प्रहार गरि हत्या भएको हो। शनिबार साझ कामबाट घर फर्किदै गरेका उनलाई छिमेकी उमेश चौधरीले खुकुरी प्रहार गरि हत्या गरेका हुन। खुकुरी प्रहारबाट भिमको घाँटी पुर्ण रुपमा काटिएर छिनेको छ। हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको पुलिसले जनाएको छ।ईलाका पुलिस कार्यलय इटहरीका डिएसपी टेक बहादुर कार्कीका अनुसार मनमुटाबका कारण हत्या भएको देखिन्छ। हत्यामा संलग्नलाई नियन्त्रणमा लिएको उनले बताए ।खुकुरी प्रहार गर्नेले यसअघि पनि भीमलाई गत अप्रिल २९मा रड प्रहार गरेर घाइते बनाएका थिए। ‘छिमेकमै भएको घटना भएका कारण पुलिसलाई समेत जानकारी गराइएन।अहिले आएर यस्तो भयो,’आफन्त संगीता चौधरीले भनिन्। ‘मारेर जेल जान्छु भन्थ्यो। आज मारेरै छाडयो,’ संगिताले भनिन्।इटहरीमा सिटी सफारी चालकका रुपमा जीविका चलाउँदै आएका उमेशले शनिबार पनि घर आउने क्रममा साइकलमा रहेका भीमलाई सफारी रोकेर लखेटी लेखेटी आक्रमण गरेको स्थानीयको भनाइ छ। मृतक भिमका ६ बर्षका छोेरा र नौं महिने काखे छोरी रहेकी छिन। इटहरीमा ज्यालादारीमा मिस्त्री काम गर्दै आएका भीम यहि बुधबार अप्रिल २२मा बैदेशिक रोजगारीका लागि दुबई जान लागेका थिए। भिसा समेत आइसकेको कारण सोमबार श्रीमती उर्मिलालाई लिएर काठमाडौ जान लागेका थिए। ‘बिदेश गएर सुखका साथ परिवार पाल्ने दाजुको धोको थियो। आज यसरी हत्या भयो,’ बुहारी नबिनाले भनिन्। घटनाका बिषयमा पुलिसले गम्भीर अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement