वाहन दुर्घटनामा दुईको मृत्यु, चारजना घाइते

IMG-20240518-WA0147.jpg

गान्तोक: सिङतामस्थिक साङ खोलामा एक वाहन दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीररूपमा घाइते बनेका छन्। सिङताम पुलिसले जानकारी गराए अनुसार सिलगढीदेखि पर्यटकहरूलाई गान्तोक आइरहेको एसके ०१-टीए १६२६ वाहन रानी खोलामा झरेपछि वाहनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने घाइतेहरूलाई उपचारको निम्ति सिङताम अस्पतालमा भर्ना गरिएको छ। उक्त घटना आज बिहान ५:३० बजी भएको पुलिस सुत्रले जानकारी गराएको छ। दुर्घटनाको समयमा वाहनमा कूल ६ जना सवार रहेका थिए,जसमा एक ७२ वर्षी पर्यटक र चालकको मृत्यु भएको छ। दुर्घटनामा परि घाइते भएकाहरूलाई प्राथमिक उपचारको निम्ति सिङताम अस्पतालमा लगिएको र प्राथमिक उपचारपछि मनिपाल अस्पतालमा रेफर गरिएको जानकारी गराइएको छ।दुर्घटना के कारणले भयो भन्नेबारे अहिलेसम्म थाह पाउन नसकेको र यसबारेमा पुलिसले छानबीन गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement