पाकिम जिल्लाका जिल्लापालले गरे बाढ प्रभावित क्षेत्रको निरीक्षण

IMG-20240518-WA0227.jpg

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज रम्फू महकुमा अन्तर्गत बाढ प्रभावित क्षेत्रको निरीक्षण गरे। निरीक्षणको क्रममा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल,महकुमा अधिकारी, एसडीपीओ लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षण गर्न भन्दा अघि रम्फूको पर्यटन सूचना केन्द्रमा एक कार्यक्रम सम्पन्न भयो,जहाँ जिल्लापाल छोपेलले लाइन विभागका अधिकारीहरूलाई वर्तमान अवस्थाको मूल्याङकन गर्ने सुझाउ दिए। रम्फूको चानाटारबाट निरीक्षण शुरू गरिएको थियो जहाँ रम्फूको डिस्टलेरिजमा जम्मा भएको बालुवाबारे पनि जानकारी गराइयो। जिल्लापालले सम्बन्धित निकायलाई सडकमा थुप्रिएको बालुवालाई शीघ्र सफा गर्नको साथै प्रवेशद्वारमा आरसीसी पर्खाल निर्माण गर्नुपर्ने निर्देश दिएका छन्। सोही प्रकारले जिल्लापालले इपीसीएस चर्चको पानी बग्ने नाला शीघ्र प्रबन्धन गर्नुपर्ने आदेश दिए। यसरी नै आइबीएम क्षेत्र, गोली ग्राउन्डको पनि जिल्लापालको नेतृत्वमा निरीक्षण गरियो। सोरही प्रकारले निरीक्षण टोलीले लोवर आइबीएमको निरीक्षण गऱ्यो जहाँ पानी बग्ने नालाको बन्द भएको र यसलाई शीघ्र खोल्नु पर्ने निर्देश दिए।निरीक्षणको क्रममा आइबीएमदेखि सिङतामसम्मको नालाहरू पनि समस्यादेखिएको र यसलाई शीघ्र सफा गर्नुपर्ने आदेश दिएका छन्।निरीक्षण टोलीले सिङताम अस्पतालदेखि मुनि रहेको नालालाई सफा गर्नको निम्ति एनएचआइडीसीएललाई निर्देश दिएकोछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement