टिस्टा नदीको प्रभावमा रहेको १९ वटा गाउँलाई लिएर सचेतना कार्यक्रम आयोजित

IMG-20240518-WA0226.jpg

गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण र जिल्ला आपदा प्रबन्धन प्राधिकरणको संयुक्त पहलमा आज टिस्टा नदीको किनारमा रहेको १९ वटा गाउँका मानिसहरूलाई लिएर सचेतना कार्यक्रम आयोजना गरियो। विशेष गरेर मनसुनको समयमा हुने प्रकृतिक प्रकोपलाई लिएर स्थानीयहरूलाई सचेतना गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। विशेष गरेर सहभागी ग्रामीण मूल्याङकन कार्यक्रमको पहिलो चरण १७ मईदेखि ३० मईसम्म हुने भएकोले टिस्टा नदीको किनारमा बसोबासो गर्ने गाउँका मानिसहरू जसले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् उनीहरूले यस कार्यक्रममा सहभागिता जनाउनु पर्ने आवश्यक रहेको छ। गत १७ मईको दिन यस कार्यक्रम मल्ली र चुङथाङमा सम्पन्न भएको थियो, भने मल्लीको निम्ति सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका उपनिर्देशक जिग्मी भोटियाले नेतृत्व गरेका थिए। उक्त कार्यक्रममा जोरङथाङका महकुमा अधिकारी लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। सोही प्रकारले आज दोस्रो दिन उक्त कार्यक्रम फिदाङमा सम्पन्न भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement