गेजिङ: गेजिङ जिल्लाको क्योङसास्थित जिल्ला पञ्चायत भवनमा आज लोगो र ट्यागलाइन प्रतियोगिताको लागि पुरस्कार समारोहका साथै विशेष उल्लेख पुरस्कार र प्रकृति, सम्पदा र संस्कृति विषयहरूमा फोटोग्राफी प्रतियोगिताको औपचारिक सुरुवात गरियो।
भारत सरकारको पर्यटन मन्त्रालयद्वारा आयोजना गरिएको यस कार्यक्रममा गेजिङ जिल्लाकी अतिरिक्त जिल्लापाल परि विष्णोय मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। यसैगरी, अतिरिक्त पुलिस अधीक्षक बिजय सुब्बा लगायत विभिन्न विभागका अधिकारी साथै गैर सरकारी संस्थाका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अतिरिक्त जिल्लापाल परि विष्णोयले यस प्रतियोगिताका पुरस्कार विजेताहरूलाई बधाई दिँदै राज्यका युवाहरूमा विभिन्न क्षेत्रमा पर्याप्त क्षमता रहेको बताइन् र यसलाई सहीरूपमा प्रयोग गर्नुपर्ने सुझाउ दिएकी छन्। उनले स्वैच्छिक सामुदायिक हस्तक्षेपमार्फत पर्यटन क्षेत्रको विकासका लागि समावेशी दृष्टिकोण अपनाउन सबैलाई आग्रह गरिन्।
उनले जिल्लामा उद्यमशीलता उद्यममा शून्यताको भावनालाई औंल्याए र उपलब्ध अवसरको सदुपयोग गर्नुपर्ने सुझाउ दिइन्। उनले नशामुक्त भारत अभियानको प्रतिज्ञाबारे जानकारी गराउँदै सबैलाई जीवनप्रति स्वास्थ्य र सकारात्मक दृष्टिकोण अप्नाउनु पर्ने विचार व्यक्त गरिन्।
यसै क्रममा पेलिङ टुरिज्म डेभलभमेन्ट एसोसिएशनका अध्यक्ष नारायण खतिवडाले स्वदेश दर्शन २.० का संयोजकहरूले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै यसबाट प्राप्त गर्न सकिने विभिन्न लाभहरूबारे अवगत गराए।











