फिटनेस मुद्दाले गर्दा सन्न्यास लिएको सम्भावनालाई खारेज गरे सुनिल छेत्रीले

IMG-20240518-WA0224.jpg

नयाँ दिल्ली: भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्रीले बिहीवार अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे अनि कलकत्तामा ६ जूनमा कुवैत विरुद्ध उनले आफ्नो अन्तिम म्याच खेल्नेछन्। भारतको निम्ति सर्वाधिक १५० वटा म्याच खेलेर सर्वाधिक ९४ गोल गर्ने यस दिग्गज खेलाड़ीको सन्न्याससँगै भारतीय फूटबलमा एक युगको अन्त हुनेछ। सुनिल २०११- देखि भारतीय टीमका कप्तान रहेका छन्। अहिले ३९ सालको उमेरमा पनि उनी फिट छन्। यसबीच धेरैले ढल्दो उमेर, फिटनेस मुद्दा र थकानले गर्दा सुनिलले सन्न्यासको फसेला गरेको बताएका थिए तर भारतीय कप्तानले यी सब अड़्कलबाजीलाई खारेज गरेका छन्। सुनिलले सन्न्यासको पछि शारीरिक कारण नभएर मानसिक पक्ष रहेको स्पष्ट गरेका छन्। उनले भने, मैले शारीरिक कारणहरूले गर्दा सन्न्यास लिएको होइन। मेरो फिटनेस राम्रो छ अनि अहिले पनि दौड़िरहेको छु। मेहनत गर्नु मुश्किल छैन। मैले यो फसेला मानसिक पक्षलाई ध्यानमा लिएर लिएको हूँ। उनले मानसिक स्वास्थ्यको मामिलामा चाहिँ अधिक केही भनेनन्। खेलाड़ीको रूपमा करियर समाप्त भएपछि के प्रशिक्षणबारे सोच्नेछन् भन्ने प्रश्नको जवाफमा सुनिलले भने, अहिले नै त केही भन्न सक्दिन। ब्रेकको अवधि यसबारे सोच्नेछु तर अहिले यो मेरो प्राथमिकता होइन। अहिले म घरेलु फूटबलमा सक्रिय रहन चाहन्छु।

About Author

Advertisement