नयाँ दिल्ली: आउँदो महिना हुने टी२० वर्ल्ड कपको निम्ति भारतका अधिकांश क्रिकेटर र सहयोगी स्टाफहरूले २५ मईमा न्यूयोर्क प्रस्थान गर्नेछन्। यसरी रहल सदस्यहरू २६ मईमा आईपीएलको फाइनलपछि जानेछन्। पहिला आईपीएल प्लेअफ्-को निम्ति क्वालीफाई गर्न नसक्ने टीमका खेलाड़ीहरूले २१ मईमा प्रस्थान गर्ने तय थियो तर पछिबाट कार्यक्रममा फेरबदल गरियो। बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्यकुमार यादव, जसप्रीत बुमराह, रिषभ पन्त, अर्शदीप सिंह, अक्षर पटेल र अन्य खेलाड़ीहरूका साथमा सहयोगी स्टाफहरूको पहिलो झुण्ड २५ मईमा न्यूयोर्क जानेछन् । टी२० वर्ल्ड कप अघि भारतीय टीमले एकमात्र अभ्यास म्याच (एक जूनमा बंग्लादेश विरुद्ध) खेल्ने हुनाले खेलाड़ीहरूले घरमा परिवारसँग अतिरिक्त समय बिताउन सकोस् भन्ने सुनिश्चित गर्न यस्तो फसेला लिइएको छ। यसरी आईपीएल फाइनलमा हिस्सा लिने खेलाड़ीहरू चाहिँ २७ मईमा न्यूयोर्क जानेछन्। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनमा हुने टी२० वर्ल्ड कपमा भारतले ५ जूनमा आयरल्याण्ड विरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।
भारतीय टीम यसप्रकार छः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, रिषभ पन्त, सञ्जु सेमसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल र मोहम्मद सिराज











