कमानको सेक्सनको रुखमा झुण्डिएर श्रमिकद्वारा आत्महत्या

dead-body-Rep-Image-1

कालचिनी: दिनदिनै आत्महत्याको मामिला चियाबारी गाउँहरुमा वृद्धि भइरहेको क्रममा सोमबार बिहान फेरि कालचिनी थानाअन्तर्गत अठियाबारी चियाबारीको २५ नम्बर सेक्सनमा एकजना २५ वर्षीय श्रमिक युवक राज केरकेट्टाले रुखमा झुण्डिएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। कमानमा काम गरिरहेको श्रमिकहरुले बिहान उक्त युवकलाई कमानको सेक्सनबीच रहेको एउटा रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा देखेपछि यसको जानकारी कालचिनी थानामा दिएको थियो। उक्त शवलाई प्रथमत उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याउँदा चिकित्सकहरुले युवकको प्राण पखेरु उड़ेको बताएका थिए भने शवलाई पुलिसले कालचिनी थानामा ल्याएपछि यसलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको बताएका छन्। घटना सम्बन्धमा मृतकका आफन्त एवं अठियाबारी चियाबारीको यूनियन नेता तोफिल सोरेङले दुखद घटना रहेको बताउँदै के कारणले उक्त युवकले यसरी आत्महत्या गऱ्यो कसैलाई थाह नभएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *