सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मानेभञ्ज्यांग एफसी सेमिफाइनलमा

IMG_20220808_213456.jpg

८ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा सोमवार भएको म्याचमा मानेभञ्ज्यांग फूटबल क्लबले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा मानेभञ्ज्यांग एफसी-ले सिलगढ़ी युनाइटेड एफसी-लाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *