नाथाङ ग्राम पञ्चायत एकाईको स्वच्छता र पर्यावरणको दिशामा पहल, पसलेहरूलाई फोहोरदानी वितरण

71f3a7f6-2be3-4b39-8332-0258ac288083

गान्तोक: सिक्किममा चलिरहेको पर्यटकीय मौसमले पर्यावरणमा प्रतिकूल असर पार्नसक्ने सम्भावनालाई ध्यानमा राखेर नाथाङ ग्राम पञ्चायत एकाईले क्षेत्रका पसलहरूको निम्ति फोहोरदानी वितरण गरेको छ। कुहुने र नकुहुने अलग अलग फोहोर संग्रह गर्नको निम्ति हरियो र निलो फोहोरदानी एउटा साधरण कार्यक्रमबीच गरिएको छ। छाङ्गु वार्डमा रहेको अलपाइन क्याफेटेरियामा आयोजित संक्षिप्त कार्यक्रमबीच उक्त फोहोरदानी वितरण गरिएको छ। कार्यक्रममा गान्तोकका अतिरिक्त जिल्लापाल श्रीमती राधा प्रधान, ग्राम पञ्चायतका अतिरिक्त निदेशक रतन मोक्तान, बीडीओ नाण्डोक टीटी भोटिया, एई टीबी चन्द्र सुब्बा, गाउँ बुढाहरू लगायत लाभार्थीहरूको उपस्थिति रहेको थियो। नाथाङ ग्राम पञ्चायत एकाई अध्यक्ष पेमा शेर्पाले मानिसहरूलाई स्वच्छताबारे ग्राम पञ्चायतले गरेको पहलको बारेमा अवगत गराइन्। उनले पर्यटकीय मौसममा धेरै पर्यटक आउँदा फोहोर पनि थुप्रिने हुनाले यसलाई सही रूपमा कुहुने र नकुहुने छुट्याएर संग्रह गरेर सही व्यवस्थापन गरिनुपर्ने दिशामा पसलेहरूले ध्यान दिने आग्रह गरिन्।

यसैगरि अतिरिक्त जिल्लापाल प्रधानले पनि गाउँमा भइरहेको विकासका गतिविधिहरूको जानकारी लिनका साथै गाउँलेहरूसित संवाद गरेर उनीहरूको समस्या  र आवश्यकताबारे जानकारी लिन भेटघाट गरिएको बताइन्। स्थानीय गाउँ बुढाहरूले गाउँलेहरूको माग तथा होम स्टेको निम्ति स्वीकृतिबारे सरकारको पहलको आशा व्यक्त गरे। कार्यक्रममा याकला वार्ड पञ्चायत छिरिङ याङ्जी शेर्पा, कुपुप वार्ड पञ्चायत मिङ्मा लह्मु शेर्पाले आआफ्नो वार्डको प्रतिनिधित्व गर्दै ग्राम पञ्चायत एकाईले थालेको पहलमा सहभागि बन्दै आफ्नो क्षेत्रका निम्ति प्राप्त फोहोरदानी जिम्मा लिए। कार्यक्रममा समापन सम्बोधन राख्दै छाङ्गुका वार्ड पञ्चायत निङ्मा शेर्पाले अतिथिहरूलाई आभार प्रकट गरे भने उवस्थित गाउँलेहरूलाई फोहोर प्रबन्धनमा सहभागी बन्ने आह्वान गरे। उल्लेखनीय छ दैनिक रूपमा छाङ्गु नाथुला र बाबा मन्दिरलाई लक्ष्य गरेर हजारौं पर्यटक यो क्षेत्रमा पुग्दैछ पर्यटकसित फोहोर र पर्यावरण प्रतिकूल सामाग्रीहरू पनि पुग्ने हुनाले यस क्षेत्रको प्राकृतिक स्वच्छतालाई बचाउन सबै हितधारकहरूले जिम्मेवारी लिनुपर्ने नाथाङ ग्राम पञ्चात एकाईको आह्वान रहेको छ। त्यसको निम्ति ग्राम पञ्चायत एकाई आफैले पहिलो शुरूवातको रूपमा फोहोरदानी वितरण गरेर आरम्भ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement