जीटीएको सत्ता चौकीमा बस्नेहरूको कमजोरीको कारणले गर्दा कर्मचारीहरूले हेपाई सहन गर्न परी रहेको छ: नोरा सुब्बा

IMG-20240518-WA0203.jpg

दार्जीलिङ: जीटीएको सत्ता चौकीमा बस्नेहरूको कमजोरीको कारणले गर्दा कर्मचारीहरूले हेपाई सहन परिरहेको छ भनी हाम्रो पार्टीको नारी एकाई कार्यकर्ता नोरा सुब्बाले बताएकी छिन्।दार्जीलिङको जिल्ला अस्पतालमा कार्यरत् आरएसके कर्मचारीमाथि अभद्र व्यवहार, अपशब्दहरूको प्रयोग गरेको घटना सामाजिक सञ्जालहरूमा भाइरल भईरहेको छ। उक्त भाइरल खबरको आधारमा आज हाम्रो पार्टीको प्रतिनिधि टोली जिल्ला अस्पतालमा पुगेर पिढित कर्मचारीसँग भेट गरेका छन्। यस अवधि हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता भरत तामाङ, नोरा सुब्बा आदि सामेल थिए। पिढित कर्मचारीसँगको भेटवार्तापछि हाम्रो पार्टीको नारी एकाई कार्यकर्ता नोरा सुब्बाले जीटीएको सत्ता चौकीमा बस्नेहरूको कमजोरीपनको कारणले गर्दा कर्मचारीहरूले हेपाई सहन गर्न परिरहेको छ भनी आरोप लगाएकी छन्। उनले अझ भनिन् -भाइरल खबरमा जिल्ला अस्पतालको सुपर इन्चार्जले आरएसके महिला कर्मचारीहरूमाथि अभद्र व्यवहार साथै अपशब्दहरूको प्रयोग गरेको हामीले सुन्न र जान्न पायौं जो अति नै खेतपूर्ण घटना रहेको सुब्बाले बताइन्। जिल्ला अस्पतालको सुपर इन्चार्जद्वारा प्रयोग गरिएको अभद्र ब्यवहार र अपशब्दको हामी कठोर शब्दमा निन्दा गर्छौं तिनले भनिन्।दार्जीलिङ पार्वतीय क्षेत्र होस अथवा देशको कुनै पनि क्षेत्रमा हाम्रो गोर्खे सन्तान एंव नारीहरूमाथि यस प्रकारको घटनाहरू हुन्छ भने हामी खडा हुनेछौं। जिल्ला अस्पतालमा कार्यरत आरएसके कर्मचारीहरूमाथि अस्पतालको सुपर इन्चार्जले जस्तो प्रकारको अभद्र ब्यवहार र अपशब्दहरूको प्रयोग गरेको छ। त्यसको हामी कताई सहन गर्ने छैनौं सुब्बाले भनिन्। तिनले भनिन् -‘जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरू साथै आरएसके कर्मचारीहरूले आ आफ्नो कार्य इमान्दारिताको साथ पालन गर्दै आईरहेका छन्। तर पनि उनीहरूमाथि यस प्रकारको अभद्र ब्यवहार हामी कताई सहन गर्ने छैनौं सुब्बाले दोहोराइन्।उनले अझ भनिन् हामी हाम्रै ठाउँमा सुरक्षित छैनौं। गत केही दिन अघि कुचबिहारको एक अस्पतालमा कार्यरत कालेबुङको नर्स कर्मचारीमाथि अस्पतालकै डाक्टर अभद्र ब्यवहार गरेको थियो। उक्त घटना घटेको महिना दिन नबित्दै आज फेरि हाम्रै ठाउँमा हाम्रै नारी कर्मचारीहरूमाथि यस प्रकारको घटना सहन योग्य नरहेको नोरा सुब्बाले बताइन्। यसरी नै हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता भरत तामाङले भने, जिल्ला अस्पतालमा नयाँ सुपर इन्चार्ज आएपछि विभिन्न प्रकारको घटनाहरू घटने गरेको तिनले बताए। गत केही महिना अघि यस जिल्ला अस्पतालमा कार्यरत सफाई कर्मीहरूलाई जीटीएले साफ सफाईको निम्ति झाडू समेत दिएको छैन भन्ने खबर सुनेर सफाई कर्मीहरूलाई झाडु दिनु गएका थिए। त्यस अवधि मेरो हातबाट मोइबल फोन खोसेर यौ सुपर इन्चार्जले फुटाई दिएको हो भन्ने भरत तामाङले बताए। तिनले अघि भने। मैले घटनाको जानकारी पुलिसलाई दिएपछि जिल्ला अस्पतालको सुपर इन्चार्जले मलाई माफी मागेको हो भन्ने भरत तामाङले बताए। आफु एक जनताको नातामा अस्पताल पुग्दा यस प्रकारको अभद्र ब्यवहार गरेको थियो भने अस्पतालमा कार्यरत कर्मचारीहरूलाई यस डीएमओएचले कस्तो ब्यवहार गर्दो होला भन्दै भरत तामाङले चिन्ता ब्यक्त गरे। तिनले अझ भने, ‘म जिल्ला अस्पतालमा आएर जीटीएको डेपुटी चेयरम्यान राजेश चैहानलाई दश पटक फोन गर्दा बल्ला बल्ल फोन उठाए तर फोन उठाउने कर्मचारीले सर हुनु हुन्न भनेर फोन राखेको भरत तामाङले आरोप लगाए। जिल्ला अस्पतालमा यति ठूलो घटना घटेको यतिका घण्टाहरू बितिसक्दा पनि जीटीएको पक्षबाट कोही आएको छैन। यसले स्पष्ट हुन्छ जीटीएको स्वास्थ्य विभागको ठूलो हेचक्राई रहेको छ भरत तामाङले आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement