जनताको समस्या बुझ्न अजय एडवाडर्स पुगे इच्छे

IMG-20240518-WA0200.jpg

रेली खोलामा खनन् कार्यहरूले कालेबुङमा भयानक प्राकृतिक आपत निम्ताउन सक्छ: अजय एडवर्ड

कालेबुङ: जनताको समस्या बुझ्न हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्स कालेबुङको इच्छे पुगेका थिए। कालेबुङको रेली खोलाको बगरबाट बलुवा गिट्टी निकाल्ने कार्यले इच्छे लगायत कतिपय गाउँहरूको भविष्य धरापमा पर्दै गएको विषयहरूको कारणले गर्दा कालेबुङको इच्छे लगायत अन्य गाउँवासीहरू धेरै चिन्तित रहेको सामाजिक सञ्जालहरूद्वारा जानकारी पाएपछि आज बिहान हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स कालेबुङको इच्छे लगायत अन्य गाउँहरूको भ्रमण गर्न पुगेका थिए। त्यस अवधि रेली खोलाको बगरमा बलुवा गिट्टी निकाल्दै गरेका बुल्डोजरलाई स्थानीय मानिसहरूले काम रोक्न लगाए। यसै सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले रेली खोलाबाट बलुवा गिट्टीहरू निकाल्ने कार्यले भोलिको दिनमा कालेबुङको इच्छे लगायत अन्य धेरैवटा गाउँहरू आपतको चपेटमा पर्ने सक्ने बताएका छन्।उनले भने, ‘खोलाको बलुवा गिट्टी यसरी निकाल्ने अनुमति प्रदान गर्न अघि विभागीय अधिकारीहरूले यस बारेमा निरक्षण गर्न अति नै जरूरी छ। तर रेली खोलामा जस्तो प्रकारले बुल्डोजर लगाएर बलुवा गिट्टीहरू निकाल्ने कार्यहरू भईरहेको छ यसले स्पष्ट हुन्छ विभागीय अधिकारीहरूले यस सन्दर्भमा त्यस्तो कुनै जाँच पडताल एंव निरक्षण गर्ने कार्य भएको छैन भन्ने भाव हुन्छ।’ तिनले अझ भने, ‘रेली खोलामा जस्तो प्रकारले बलुवा गिटटीहरू निकाल्ने कार्यहरू भई रहेको छ यसले पर्यावरणलाई समेत ठूलो क्षति भईरहेको छ। तिनले अझ भने, बर्खायम शुरू हुन अब धेरै समय छैन तर रेली खोलामा जस्तो प्रकारको खनन कार्यहरू भईरहेको छ यसले कालेबुङ क्षेत्रमा ठूलो प्राकृतिक आपत निम्ताउन सक्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सतर्कता गराएका छन। यसै सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले रेली खोलामा खनन कार्य भएको दृश्यहरूले स्थानीय मानिसहरूले धेरै भयभीत भएको हामीले सामाजिक सञ्जालहरूमा देख्यौं। खनन कार्यहरूले भोलिको दिनमा निम्ताउने भयनाक दृश्यहरू कल्पना समेत गर्न नसक्दा आज हामी यहाँ आएको हो भन्ने तिनले बताए।

प्रवक्ता श्याम गौतमले अघि भने, हाम्रो यो भ्रमण राजनैतिक लाभ उठाउन कदापि होइन तर रेली खोलामा भईरहेको खनन कार्यहरूले भोलिको दिनमा हुने प्राकृतिक आपदाहरूको कल्पना समेत गर्न नसक्दा हामी तपाईहरूसंग खडा हुन आएका हौं। अजय एडवाडर्स हाम्रो पार्टीको संस्थापक अध्यक्ष हो तर आज उनी यहाँ तपाईहरूको समस्यामा खडा हुन आएको हो प्रवक्ता श्याम गौतमले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement