खरसाङमा साईराज खातीको ‘मैले कहिले घात गरे’ गीतको लोकार्पण

IMG-20240518-WA0192.jpg

खरसाङ: आज खरसाङको एक होटलमा साईराज खातीको ‘मैले कहिले घात गरे’ गीतको औपचारिक लोकार्पण अग्सटिन स्कूलका मालिक एवं गायक समाजसेवी अरुण गुरुङ, सङ्गीतकार, गायक एवं गीतकार कर्म ग्याल्छेन बम्जन, आकाशवाणी खरसाङका पूर्व सङ्गीतकार, सङ्गीत संयोजक, गायक महेश्वर लामा एवं नमस्ते खरसाङका प्रबन्धक निर्देशक निर्मल गुरुङको बाहुलीबाट गरियो। कार्यक्रममा अतिथिहरूलाई खदा लगाएर स्वागत गरे भने अरूण गुरुङले लोकार्पणको औपचारिक घोषणा गर्नु भयो। यस गीतमा मेरो भोयस युनिभर्सका फाइनलिस्ट एवं ख्याति प्राप्त गायक साईराज खातीले आवाज दिएका छन् भने गीतकार रहेका छन दिलकस विद्या भुषण र सङ्गीत रवीन्द्र सुन्दासको रहेको छ। यस अवसरमा गायक साईराज खातीले लोकार्पण भएको गीत पनि गाए। गीत सम्बन्धी सङ्गीत संयोजक कर्म ग्यालछेन वमजन लगायत महेश्वर लामाले पनि आफ्नो सम्बोधन राखे। धन्यवाद गीतकार दिलकस विद्या भूषणले राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement