भारत-पाक म्याचको टिकट मूल्य २ लाख रुपियाँभन्दा अधिक

IMG-20240518-WA0185.jpg

नयाँ दिल्ली: टी२० वर्ल्ड कप एक जूनदेखि शुरु हुनेछ। यस टुर्नामेण्टमा दर्शकहरूका निम्ति एउटा म्याच खास रहेको छ अनि त्यो हो भारत-पाकिस्तान म्याच। यसपाली पनि यी दुई टीमको म्याचलाई लिएर दर्शकहरूमा चरम उत्साह देखिएको छ। यस कुराको अन्दाज यसबाट पनि लगाउन सकिन्छ कि टी२० वर्ल्ड कपमा भारत र पाकिस्तानबीच खेलिने म्याचको अधिकतम टिकट मूल्यले २ लाख रुपियाँ पार गरेको छ। भारत र पाकिस्तानबीच ९ जूनमा नसाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा म्याच खेलिनेछ। स्टेडियमको दर्शक क्षमता ३४ हजार रहेको छ अनि यसको निर्माण कार्य लगभग पूरा भइसकेको छ। अमेरिकामा हुने यस म्याचको सबैभन्दा महँगो टिकट २२९६२५ रुपियाँको रहेको छ। यसरी नै सबैभन्दा सस्तो टिकटको मूल्य २५ हजार रुपियाँ रहेको छ। यस म्याचको ९० प्रतिशत टिकट अगावै बिक्री भइसकेको छ। यसको जेनरल स्ट्याण्डको टिकट मूल्य ३०० अमेरिकी डलर रहेको छ। यसरी क्लब कर्नरको टिकट सबैभन्दा महँगो २७५० डलरको रहेको छ। टी२० वर्ल्ड कपमा भारतको कुनै पनि म्याचको टिकट मूल्य ७५७१ रुपियाँभन्दा कम्तीको छैन। यसरी ओमान र स्कटल्याण्डबीच खेलिने म्याचको टिकट मूल्य सबैभन्दी कम्ती (६ डलर) रहेको छ। टी२० वर्ल्ड कपमा भारतले ५ जूनमा आयरल्याण्ड विरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement