सिलगढीबाट हराएका नाबालिग काेचबिहारबाट बरामद

IMG-20240518-WA0188.jpg

सिलगढी: उजुरी परेको केही घण्टामै बेपत्ता बालकलाई प्रहरीले फेला पारेको थियो। मई १५ मा सिलगढीको वार्ड नम्बर ३७ बाट एक नाबालिग बालिका हराएकी थिइन्। परिवारले धेरै खोज्दा पनि बालिका फेला पार्न सकेनन्। त्यसपछि मई १७ बिहान परिवारले आशीघर पुलिस चौकीमा उजुरी दर्ता गराएको थिए।
उजुरीको आधारमा, आशीघर चौकीको पुलिसले अनुसन्धान शुरु गर्‍यो र केही घण्टामै नाबालिगलाई काेचबिहारबाट बरामद गर्‍यो। पुलिस स्रोतका अनुसार काेचबिहारको घोक्सडांगा क्षेत्रका एक युवकको घरबाट नाबालिग बरामद गरिएको थियो। नाबालिगले सामाजिक सञ्जालमार्फत युवकलाई भेटेका पुलिसले जानाए। यद्यपि, यस घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *