महिलाको घाँटीबाट सुनको चेन खोसेर फरार

cd549a51-8891-4564-a3b7-2311ba85ba7e-1024x577.jpg

सिलगढी: सिलगढीमा मोबाइल र चेन स्न्याचिङ बदमाशहरू सक्रिय हुँदै गएका छन्। दिनहुँ यी बदमाशहरूले मोबाइल र चेन स्न्याचिङका घटनाहरू गर्छन्। यसपटक सिलगढी महानगरपालिकाको वार्ड नम्बर ३५ मा एक महिलाको घाँटीबाट सुनको चेन खोसेर फरार भएका छन्। यस घटनाका कारण स्थानीयवासी त्रसित छन्।

उपलब्ध जानकारीअनुसार, अनिमा दे शुक्रबार साँझ घर अगाडि उभिएर केही स्थानीयसँग कुरा गरिरहेकी थिइन् जब दुई युवक मोटरसाइकलमा आए र एकजनाले मोटरसाइकलबाट ओर्लेर घाँटीको सुनको चेन खोसेर भागे। घटनापछि तत्कालै एनजेपी प्रहरी चौकीलाई यस बारे खबर गरियाे। खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर सम्पूर्ण मामिलाको अनुसन्धान थालेको छ। यसअघि पनि यस्ता लुटपाटका घटना भइसकेको स्थानीयले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement