दुर्नीतिको आरोप लगाउँदै भाजपाद्वारा साताली ग्राम पञ्चायतमा धरना प्रदर्शन

01ac0021ff-73bf-4e22-8527-07724a0753c5

कालचिनी: तृणमूल संचालित साताली ग्राम पञ्चायतमा अनियमितता अनि दुर्नीतिको आरोप लगाउँदै सोमबार भाजपा ९ नम्बर मण्डल कमिटीको पक्षबाट विरोध प्रदर्शन गरिएको जानकारी भाजपा ९ नम्बर मण्डल कमिटीको सभापति रुद्र मण्डलले दिएका छन्। साताली ग्राम पञ्चायतमा प्रधान र उनका सहयोगीहरुले मिलेर व्यापक अनियमितता गरेको र पार्टीको ठेकादारहरुलाई काम नगरी बिल पास गरेको र काम गरेर पनि विरोधी ठेकादारहरुको बिल अड़काएर राखेको प्रतिवादमा ग्राम पञ्चायतमा धरना प्रदर्शन गरेको थियो। उक्त धरना कार्यक्रममा भाजपा ९ नम्बर मण्डल कमिटीको सभापति रुद्र मण्डललगायत भाजपा कालचिनी विधानसभा क्षेत्रका संयोजक आलोक मित्र, भाजपा विधायक विशाल लामा, भाजपा नेता जयप्रकाश प्रसाद, पुर्व विधायक विल्सन चम्पासरी एवं अन्यान्यको उपस्थिति रहेको थियो।

धरना प्रदर्शनमा प्रधान नआएकोले भाजपा प्रतिनिधिहरु अन्ततः अलिपुरद्वार जिल्ला शासक कार्यालयमा पुगेर साताली ग्राम पञ्चायतको दुर्नीतिको विरोधमा ज्ञापन सुम्पिएको भाजपा कालचिनी विधानसभा क्षेत्रका संयोजक आलोक मित्रले जनाएका छन्। यता उक्त आरोप सम्पूर्ण रुपमा आधारहीन रहेको बताउँदै साताली ग्राम पञ्चायत प्रधान मनोज बरुवाले भाजपाले केवल तृणमूलको बदनाम गर्नलाई यो आँखा छल्ने नाटक गरेको र आउँदो पञ्चायत चुनाउलाई ध्यानमा राखेर भाजपाले केवल झुटो नाटक प्रदर्शन गरिरहेको जनाएका छन्। सबै कामहरु ठीकठाक रहेको कुनै अनियमितता ग्राम पञ्चायतको काममा नभएको प्रधान मनोज बरुवाले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement