चट्याङले छोरा र बुहारीको मृत्यु, आमाले गुमाइन् साहारा

IMG-20240518-WA0173

मालदा: एउटी आमाले आफ्नो छोराले आफ्नी श्रीमतीसँग सुखपूर्वक जीवन बिताउने आशा राखेकी थिइन्। तर एक्कासी एक घण्टामा सबै कुरा समाप्त भयो, आमाको आशा चकनाचुर भयो, सबै लुटियो। मालदा मेडिकल कलेज अस्पतालको शवगृहबाट छोरा र बुहारीको शव लिन आउनुपर्ला भनेर उनले कहिल्यै सोचेकी थिइनन्। १३ मत्चमा उनले छोराको विवाह धुमधामले गराएर नयाँ बुहारीलाई घरमा ल्याइन् । मालदा जिल्लाको हरिश्चन्द्रपुर थानाको कुशीदार तेन्तुल गच्छी क्षेत्रकी चुनिया रोयले तीन महिनाभित्र आफ्नो छोरा र बुहारी गुमाएकी छन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन। चुनिया रोय मालदा मेडिकल कलेज अस्पतालको शवगृहको अगाडि डाँको छोडेर रोएकी दृश्य हृदय विदारक थियो। हिजो दिउँसो बुहारी र छोरा खेतमा काम गर्न गएको चुनिया रायले बताइन्। अचानक पूरै आकाश कालो बादलले ढाक्यो र हुरीबताससँगै पानी पर्न थाल्यो। ‘अचानक वर्षासँगै चट्याङ पर्दा मेरो सबै सपना खरानी भयो। केही समयपछि अन्य छिमेकीबाट छोरा र बुहारीलाई चट्याङ परेको खबर आयो।‘ उनलाई तत्कालै उद्धार गरी स्थानीय अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले छोरा र बुहारीलाई मृत घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement