सिलगढीमा पुलिसद्वारा लुटपाटको योजना विफल पार्दै तीन पक्राउ

photocollage_2024518163414961-copy

सिलगढी: सिलगढी महानगरपालिकाको भक्तिनगर थानाको पुलिसले शुक्रबार राति तीनजना लुटपाट गर्नेहरूलाई पक्राउ गरेको छ। भक्तिनगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार गएराति करिब १:३० बजे डम्पिङ ग्राउन्ड नजिक केही मानिस जम्मा भएको भक्तिनगर पुलिस चौकीबाट सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै सादा पोशाकमा पुलिस चौकी भक्तिनगरले उक्त स्थानमा छापा मारेर कारबाही सफल भयो। भक्तिनगर पुलिस चौकीले तीन जनालाई अपहरणको आरोपमा पक्राउ गरेको छ। पक्राउ परेकाहरुबाट लुटपाटका लागि ल्याइएको विभिन्न हतियार राहुल मण्डल, जयन्त राय र तपस रायको साथबाट भुजाली, चक्कु र फलामको रड बरामद गरिएको पुलिसले जनाएको छ। राहुल मण्डल उत्तर भानु नगरका बासिन्दा हुन्, जयन्त रोय भोलानाथ पाराका र तपस रोय बिहारको किशनगञ्जका बासिन्दा हुन्। पक्राउ परेकालाई भक्तिनगर पुलिस चौकीले भादना ३९९ र ४०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ। पक्राउ परेका तीनै जनालाई शनिबार जलपाईगढी अदालतमा पठाइएको छ। भक्तिनगर पुलिस स्रोतका अनुसार आरोपीले २ माइल क्षेत्रमा लुटपाट गर्ने योजना बनाएको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement