झापाकी अनुष्का चोरीको आरोपमा काठमाडौबाट पक्राउ

IMG-20240518-WA0171.jpg

झापा: झापा बुद्धशान्ति गाउँपालिका-३ घर भइ सुकेधारा बस्दै आएकी २० वर्षीया अनुष्का मगरलाई पक्राउ गरिएको जिल्ला पुलिस परिसर, काठमाडौंले जनाएको छ। मई १४ का दिन दिउँसो सुकेधारा आनन्दनगरस्थित एक घरमा चोरी गरेको उनीमाथि आरोप छ।

परिसरका अनुसार मगरले सुनको साढे एक तोलाका दुइटा औंठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरा लगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको आरोप छ। यस्तै उनले एउटा मोबाइल समेत चोरी गरेको निवेदन परेको छ।
प्रहरीले अनुष्काको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुन जस्तै पहेँलो धातु २.५ ग्रामको दुई थान जुली र एउटा मोतीको माला बरामद गरेको जनाएको छ।पुलिसका अनुसार घटनाका बिषयमा थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement